बरमझियाको पेडा: नेपालमै सबभन्दा बढी नक्कल गरिएको ब्राण्ड
यता ‘बुढो बाजे’, उता पनि ‘बुढो बाजे’।
यता ‘असली’, उता ‘उही पुरानो’।
सप्तरी पुगेपछि राजमार्गसँगै लम्बिएको प्रसिद्ध पेडा बजारमा एकछिन जो पनि अलमलिन्छ। लगभग उस्तै नामका झन्डै ४० वटा पेँडा पसल छन्। हामी अन्दाज लगाउँदै छठुकुमार गुप्ताले चलाइरहेको ‘असली बुढो बाजेको पेडा भण्डार’ मा थामियौं। आखिरमा यो पनि असली होइन रहेछ।
‘तपाईंहरूले खोज्नुभएको पसल यो होइन,’ साइनबोर्डमा झुक्याउने जानकारी लेखे ...











