२३ चैत्र, इनरुवा । राजबिराजमा दुइ महिने लोकसेवा तयारी कक्षाको उदघाटन भएको छ।पिछडिएको समुदाय (OBC) उत्थान विकास समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा पिछडिएको समुदायका युवाहरु लाई लछित गरि दुइ महिने लोकसेवा तयारी कक्षाको उदघाटन भएको छ। २५ जना युवायुवतिलाइ लछित गरिएको सो तालिम राजबिराज, सिरहा रोड स्थित अक्सफोर्ड कम्प्युटर एकेडमिमा सञ्चालन हुने जानकारि कार्यक्रम संयोजक अनुप बहादुर खडकाले दिनुभयो।कार्यक्रमको उदघाटन obc का उपाध्यक्ष राम चन्द्रले गर्नु भएको थियो भने स्वागत मन्तवे अक्सफोर्ड कम्प्युटर एकेडमिका सञ्चालक विनोद यादवले दिनुभएको थयो।उक्त कार्यक्रम जय नेपाल होटल म्यानेजमेन्ट बिराटनगर तथा अक्सफोर्ड कम्प्युटर एकेडमि राजबिराजको संयुक्त प्राविधिक सहयोगमा सञ्चालन हुने जानकारी जय नेपाल होटल म्यानेजमेन्ट बिराटनगरका सञ्चालक ईरसाद अंसारीले दिनुभएको छ।













