सप्तरीमा तीन निरीक्षक निष्काशनमा
२० चैत्र , राजविराज। एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सम्पन्न नेपाली विषयको परीक्षामा दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षक निष्काशनमा परेका छन् ।टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरी निष्काशनमा परेका हुन् ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईको नेतृत्वमा गएको परीक्षा अनुगमन टोलीले परीक्षामा अमर्...











