१५ चैत्र, सिरहा । विहिबारदेखि देशभरी एकै पटक सुरु हुने एसएलसी परीक्षाको तयारी सिरहामा पनि पुरा भएको छ । यस बर्ष सिरहाबाट कूल १३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । ति मध्ये नियमित तर्फ ९ हजार ६ सय ६५ र एक्जाम्टेड तर्फ ३ हजार ५सय ७० जना विद्यार्थी रहेका छन् । सिरहाबाट ७० जना परीक्षार्थीले यस बर्ष एसएलसी दिनबाट बञ्चित भएका छन् । समयमा परीक्षा फर्म नभरेको, फर्ममा त्रुटी देखिएको र समयमा राजश्व नबुझाएकोले केहि परीक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ । यता, एसएलसीको लागी सिरहामा कूल ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी महिन्द्र महतोले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...








