बिराटनगरका औषधि पसलहरुमा छापा
२४ फागुण, विराटनगर । बिराटनगरका विभिन्न औषधि पसल सहित निजी नर्सिङ होमहरुमा औषधि व्यवस्था विभागले छापा मारेको छ । अनुगमन गर्दा त्यहाँ म्याद गुज्रिएका औषधि बिक्री हुने गरेको पाइएको छ । विराटनगरको रोडशेषदेखि सुरु गरिएको अनुगमनले नगरका लगभग एक दर्जन औषधि पसल र निजी क्लिनिकहरुको अनुगमन गरेको थियो । विराटनगरको सप्तकोशी नर्सिङ होमामा म्याद गुज्रिएका विभिन्न एघार प्रकारका औषधि बिक्री गर्ने गरेको खुलेको छ...












