इटहरीमा आगलागीबाट तीन लाखबढिको नोक्सानी
इटहरी, २ पुष ।(फाइल फोटो) इटहरी उपमहानगरपालिका ४ स्थित पारुहाङ चोकमा राती बिजुलीको मिटर बक्सबाट बिद्युत सर्ट भएर आगलागी हुँदा हिल्टन फर्निचर उद्योग र सो उद्योगसँगै रहेको अर्को पारुहाङ्ग गृह उद्योगमा तीन लाखभन्दा बढिको नोक्सानी भएको छ । फर्निचर र गृल उद्योगमा अकस्मात भएको आगलागीबाट फर्निचर उद्योगका तयारी काठका दराज पलङ्ग र फर्निचर बनाउने औजारहरु नष्ट भएको बताईएको छ ।
त्यसैगरी सो उद्योगको मेशिनरी...











