मंसिर २८ लहान। विगत एक साता देखि एकाएक बढेको अत्यधिक चिसोले सिरहा सहित तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्न थालेको छ । सिरहा , सप्तरी , धनुषा , महोत्तरी , सुनसरी लगायत तराईका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न पुगेको छ । अत्यधिक चिसोका कारण खासगरी बालबालिका तथा बृद्धबृद्धाहरुलाई बढी असर गर्ने गरेको छ । चिसोको कारण बालबालिका तथा बृद्धबृद्धाहरुमा ज्वरो र रुघाखोकीका लक्षणहरु देखापर्न थालेका छन् । मधेशी मोर्चाले बन्द केहि खुकुलो गरेपछि लहानका बजार पूर्ण रुपमा खुले पनि बिहान बाक्लो हुस्सो भएका कारण बजारमा सर्वसाधारणको कम चहलपहल देखिएपनि दिउसोको समयमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ। संगै बाक्लो लुगा किन्नेहरुको कपडा पसलमा भिड देख्नसकिन्छ। यता मोर्चाले निर्णय गरे अनुसार स्कुलहरु बिहान खुल्ने भने पनि अत्यधिक चिसोका कारण स्कुलहरु पनि अब १० बजे देखि संचालनमा आइरहेका छन् । ४ महिना देखिको लामो बन्दीका कारण समस्या भोगी रहेका सर्वसाधारणले बजार खुलेपछि केहि राहत महसुस गरेका छन् । अत्यधिक चिसोका कारण ३ दिन पहिला सप्तरीमा २ जनाको कठयाङिग्रएर मृत्यु भईसकेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...









