हतियारसहित पक्राउ परेका एसएसबीलाई बिनाकारबाही छाडेको भन्दै स्थानीय आक्रोशित

  काठमाडौं, १५ मंसिर । हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई बिनाकारबाही फिर्ता गरेको भन्दै केचनाका बासिन्दाले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।आइतबार बिहान ७ बजे झापाको दक्षिण सीमावर्ती गाविस केचनामा दसगजा छिचोलेर हतियारसहित एसएसबीका १३ जवान प्रवेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाले उनीहरूलाई आइतबार दिउँसो २ बजे एसएसबीका अधिकारीको जिम्मा लगाए...

मधेशी मोर्चाको सभा विराटनगरमा

मंसिर १४ बिराटनगर।मधेशी मोर्चाका शीर्ष नेताहरूले ठूला दलका शीर्ष नेताका कारण राष्ट्रिय एकता हुन नसकेको आरोप लगाएका छन् । मोर्चाले शनिवार मोरङको विराटनगरमा गरेको जनप्रदर्शन तथा सभामा उनीहरूले सबै समुदायले बराबरीको अधिकार पाए मात्र राष्ट्रिय एकता बलियो हुन सक्ने बताएका हुन् ।सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरू राष्ट्रिय एकताको पक्षमा रहेपनि कांग्रेस, एमाले र एकीकृत...

गल्ती स्वीकार गरेपछि हतियारसहित नेपाल आएका एसएसबीका जवान रिहा

मंसिर १३, झापा । आइतबार विहान शसस्त्र प्रहरीले झापाको दक्षिणी सिमावर्ती गाविस केचनाबाट हतियारसहित पक्राउ गरेको भारतीय सुरक्षा बल (एसएसबी) का १३ जना जवानहरुलाई छाडिएको छ ।सुपारी तस्करहरुलाई खेदाउँदै नेपाल प्रवेश गरेका उनीहरुलाई ‘भूलवस’ नेपाल प्रवेश गरेको भन्दै ५ घण्टा पछि विना कारबाही छाडिएको हो ।पक्राउ परेका उनीहरुलाई नेपाली सुरक्षाकर्मीले छाड्न लागेको बुझेपछि स्थानीयले केही वेर नारावाजी पनि ग...

सप्तरीमा सिलिन्डर बम फेला

सप्तरी, १३ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्र्तगत पोर्ताहा र बरमझियाका बीचमा पर्ने मोहली पुलमुनि अज्ञात समूहले राखेको दुई शक्तिशाली सिलिन्डर बम आज बिहान फेला परेको छ ।राजमार्गमै पर्ने सो पक्की पुल ध्वस्त पार्ने उद्देश्यले राखिएको सो बमलाई निष्क्रिय पार्न राजविराजस्थित कृष्ण दलगढबाट नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले जानकारी...

झडपमा मृत्यु भएकाप्रति लहान तथा राजविराजमा शवयात्रा निकालियो

१२ मंसिर।मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको शवयात्रा सप्तरीको राजबविराजबाट आज दिउँसो लहानमा पनि परिक्रमा गरिएको छ । शव यात्रामा हजारौंको आन्दोलनकारीहरुको सहभागिता रहेको थियो । सप्तरीको राजविराजबाट मृतकहरुको पार्थिव शरीरमाथि मधेसी मोर्चाका नेताहरुले अन्तिम श्रद्वाञ्जली दिएपछि शव यात्रा शुरु भएको थियो ।संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका...

इटहरी घटनाको विरोधमा घुस्कीमा प्रर्दशन, बजार बन्द

मंसिर १२ इनरुवा / सुनसरीको सिमावर्ति क्षेत्र घुस्की बजार मधेशी मोर्चाका कार्यकर्ताहरले आज विहानैबाट बन्द गराएक छन् ।हिजो साझ प्रर्दशन गरेको मोर्चाले आज विहानैबाट बजार बन्द गराएको हो ।रहमान अंसारीको नेतृत्वमा मधेशी मोर्चाका कार्यकर्ताहरुले ईटहरी घट्नाको बिरोधमा प्रर्दशन गरको हो ।पूर्व घोषित आफुहरुको कार्यक्रम विपक्षी खेमाले बिथोल्दा समेत राज्यको विभेदकारी नीतिका कारण मधेशीमाथि उपेक्षा गरिएको प...

झापामा प्रहरीले गोली चलायो : एक महिला गम्भिर

झापा ११ मङ्सिर  दक्षिणी झापाको केचनामा नेपाल प्रहरीले चलाएको गोली लागेर आज विहान एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा केचना –५ निवासी ५५ वर्षीया द्रौपदी गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारत तर्फ गईरहेको सूचना पाएर पुगेको प्रहरी र स्थानीयवासीबीच विवाद उत्पन्न भएपछि प्रहरीमाथि ढुङ्गामूडा प्रहार भएको ...

इटहरीको अवस्था तनाव पूर्ण – ठुलो संख्यामा सुरक्षा तैनाथी

मधेशी मोर्चा, लिम्बुवान र जनजातीले गठबन्धन गरी आज इटहरीमा गर्ने तयारी गरेको आमसभा विथोलिएपछि तनावपूर्ण बनेको इटहरीको स्थिती नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको छ ।आमसभाका लागि बनाइएको स्टेज सत्ताधारी दलका विद्यार्थी संगठनहरुले तोडफोड र आगजनी गरेपछि इटहरी बजार तनावपूर्ण बनेको छ ।दुवै पक्ष्यका विरोधी खेमाले प्रर्दशन चर्काएको छन् । ठुलो संख्यामा रहेका विद्यार्थी लगायत स्थानीयको उपस्थिती नेतृत्व ...

भारदहमा बस दुर्घटनामा दुुईको मृत्यु

भारदहमा बस दुर्घटनामा दुुईको मृत्यु
सप्तरी, ११ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।  सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा पल्टिँदा सो दुर्घटना भई करिब २५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा धनुसा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रह...

तेल बोकेको आरोपमा मोरङमा एक व्यक्तिलाई जलाउने प्रयास

१० मंसिर, मोरङ । मोरङको दक्षिणी भागमा पर्ने भाथीगाछ गाविसमा मधेसी मोर्चाका कार्यकर्ताले एक व्यक्तिलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । आधा शरीर जलेका पीडित अस्पताल भर्ना भएका छन् । भाथिगाछ-७ निवासी बब्लु राजवंशी आफ्नो वडा नं २ स्थित ग्यारेजमा पेट्रोल बोकेर जाँदै थिए । सीमाबाट तेल लिएर आएका उनलाई मोर्चाका कार्यकर्ताले रोकेर आक्रमणको प्रयास गरेका थिए । राजवंशीले प्रतिकार गर्न खोज्दा उनैले बोकेको पेट...
trusted online casino malaysia