दमकमा पहिचानवादि–प्रहरी झडप अपडेटः १० प्रहरी सहित २२ घाइते
झापा । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको बताइएको छ । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारी हरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले...












