पर्यटकको आर्कषण केन्द्र बन्दै रामधुनी र बराहक्षेत्र
२३ माघ, इनरुवा। सुनसरीको रामधुनी र बराहक्षेत्र पर्यटकको रोजाइको केन्द्र बन्न थालेको छ । धार्मिक, ऐतिहासिक तथा पौराणिक कथा वस्तुसँग जोडिएको रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिरमा पर्यटकको आर्कषण बढ्न थालेको छ । जिल्लाको ऐतिहासिक कथासँग जोडिएको बराहक्षेत्र र रामधुनीमा नेपाली तथा भारत सहित सार्क मुलुकका धार्मिक पर्यटकहरुका लागि समेत रोजाइको केन्द्रमा परेको रामधुनीका धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।...












