२२ माघ, इनरुवा। सुनसरीको बराह नगरपालिका ३ को जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित शैक्षिक भ्रमणमा गएपछि विद्यालयको पढाई प्रभावित बनेको छ । विद्यालयका ५ जना शिक्षक सहित ३५ जना विद्यार्थीहरु शैक्षिक भ्रमण निस्केकाले तीन दिनदेखि विद्यालयको पढाई अस्तव्यत बनेको स्थानीय दिपक पुरीले जनाकारी दिनुभयो । जनता मावि बराहका प्रधानाध्यापक महेन्द्र शाह सहितका शैक्षिक भ्रमण जानुभएको र अन्य कक्षाका विद्यार्थीहरुलाई सूचना समेत नदिएको र विद्यालयमा शिक्षकहरु नआएकाले केही विद्यार्थीहरु २ दिनदेखि रितै हात फर्कन बाध्य भएको पुरीले बताउनुभयो ।

विद्यालय बन्द र पढाई प्रभावित भएको विषयमा बराह ३ नम्बर वडा अध्यक्ष तथा विद्यालय व्यास्थापन समितिका अध्यक्ष रुद्र दाहालले विद्यालयबाट भ्रमणमा गएको र शिक्षकहरुको संचित वा उनीहरुको विभिन्न विदाबाट कट्टा हुने गरी गएकाले विद्यालयमा प्रभाव परेको प्रतिकृया दिनुभयो । वहाँले विद्यालय बन्द नभएपनि शिक्षक कम भएकाले पढाई प्रभवित भएको स्विकार गर्नुभयो । सञ्चित विदाबाट कट्टा हुने आईतबार र सोमबार विदा दिएको प्रअ शाहले प्रतिकृया दिनुभयो । वहाँले शैक्षिक भ्रमण विद्यालय र विद्यार्थीका लागि भएकाले जानकारी नभएका केही विपक्षीहरुले त्यसै हल्ला फैलाएको समेत दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia