२३ माघ, इनरुवा। सुनसरीको रामधुनी र बराहक्षेत्र पर्यटकको रोजाइको केन्द्र बन्न थालेको छ । धार्मिक, ऐतिहासिक तथा पौराणिक कथा वस्तुसँग जोडिएको रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिरमा पर्यटकको आर्कषण बढ्न थालेको छ । जिल्लाको ऐतिहासिक कथासँग जोडिएको बराहक्षेत्र र रामधुनीमा नेपाली तथा भारत सहित सार्क मुलुकका धार्मिक पर्यटकहरुका लागि समेत रोजाइको केन्द्रमा परेको रामधुनीका धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

यी दुवै क्षेत्रमा धार्मिक पर्यटकहरु बढी मात्रामा आउने गरेको स्थानीयहरुले बताएका छन् । रामायणको कथासँग जोडिएको र राम वनवास आएको बेला सिताले रात बिताएको पवित्र भूमि भएको भन्दै रामधुनीमा हिन्दु संस्कारका पर्यटकहरु बढी मात्रामा आउने गरेको माहात्मा कालिदासले जानकारी दिनुभयो । जिल्लाको प्रमुख पर्यटकिय क्षेत्रहरुमध्ये बराहक्षेत्र, चतारा, रामधुनी, शंकरबेली, बर्जू, पिण्डेश्वर धाम लगायतका धार्मिक पर्यटकीय क्षेत्र हुन भने कोशीटप्पु, तालतलैया, एभरेस्ट साइन्स सेन्टर, धरान, हरियाली वनहरु आन्तरिक पर्यटकका लागि र बाह्य पर्यटकको लागि रमणिय क्षेत्रमा पर्दछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia