सुनसरीमा एमालेको शक्ति प्रर्दशनको तयारी – शिर्ष नेताहरुको सम्बोधन कहाँ र कहिले ?

सुनसरीमा एमालेको  शक्ति प्रर्दशनको तयारी – शिर्ष नेताहरुको सम्बोधन कहाँ र कहिले ?
अमर काफ्ले सुनसरी/ नेकपा एमालेले मधेशी समूदायको बाहुल्यता रहेको सुनसरीको दक्षिणवर्ति क्षेत्रमा वृहत अभियान संचालन गर्ने भएको छ ।  मधेश आन्दोलनताका मधेशको पकेट क्षेत्र मानिएको सुनसरीका दक्षिणवर्ती गाविसलाई लक्षित गरी एमालले वृहत आमसभा र शक्ति प्रर्दशनको तयारी थालेको हो । राष्ट्रिय एकता, अखण्डता, समृद्धी र स्वाभीमान, संविधान कार्यान्वयनकालागि एमालेको अभियान भन्ने नाराकासाथ हुन लागेको कार्यक्रममा एम...

कोशी टप्पुका अर्ना चितवन सार्ने तयारी

कोशी टप्पुका अर्ना चितवन सार्ने तयारी
अमर काफ्ले सुनसरी/सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको संसारमै दुर्लभ मानिने बबुल जातिको अर्ना चितवन सार्ने तयारी गरिएको छ । अर्नाको बासस्थान भनेर चिनिने कोशी टप्पुबाट अर्नालाई चितवन राष्ट्रिय निकुञ्ज सार्न लागिएको हो । अर्ना स्थानान्तरणको अन्तिम तयारी पुरा हुन लागेकाले केहीसाता भित्रै सुनसरीका अर्ना चितवन पुर्याइने छ । कोशी नदीका कारण अस्थित्व खतरामा पर्न सक्ने कारण देखाउँदै जंगली भैं...

इनरुवामा प्रजातन्त्र सेनानीहरुलाई सम्मान

इनरुवामा प्रजातन्त्र सेनानीहरुलाई सम्मान
इनरुवा पुष २०/नेपाली काँग्रेसले १ सय ९९ जना प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ ।पार्टीकालागि योगदान पुर्याएका अग्रज नेता तथा कार्यकर्ताहरुलाई इनरुवामा आयोजित कार्यक्रमकावीच सम्मान गरिएको हो ।सुनसरीका अग्रज काँग्रेसी नेता तथा कार्यकर्ताहरुलाई गरिने प्रजातन्त्र सेनानी सम्मानमा सहभागि हुन नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला इनरुवा आउनुभएको थियो । पार्टीका अगुवा तथा वयोवृद्ध प...

इनरुवा नगरपालिकाको बजेट १६ करोड १ लाख (फोटो फिचर)

इनरुवा नगरपालिकाको बजेट १६ करोड १ लाख (फोटो फिचर)
अमर काफ्ले इनरुवा पुष २०/इनरुवा नगरपालिकाको कार्यालयले बुधवार २३औं नगरपरिषद् सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताले गर्नुभएको थियो । स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले विशेष अतिथि रहेको सो कार्यक्रममा कार्यकारी अधिकृत रामचरित्र मेहताले आर्थिक वर्ष २०७४।०७५कालागि बजेट नीति तथा कार्यक्रम एवं आय–व्यय सार्वजनिक गर्नुभयो । कार्यक्रममा ...

माहोल वीनाको चुनावको कुनै अर्थ छैन् : महतो

माहोल वीनाको चुनावको कुनै अर्थ छैन् : महतो
पुष १८ इनरुवा/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यथास्थितीमा चुनाव हुनै नसक्ने बताउनु भएको छ । प्रेस मंच सुनसरी शाखाले इनरुवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले संविधान संशोसन प्रकृया संसदमा अलपत्र परेको अवस्थामा चुनाव हुनै नसक्ने धारणा राख्नु भएको हो । वर्तमान सरकार चुनावी माहोल बनाउन भन्दा पनि हतारमा मिति घोषणा गर्न तर्फ लागिपरेको बताउँदै महतोले एमालेलाई समेत सहमतिमा ल्य...

साप्ताहिकको भीडमा टोमको उद्घाटन

साप्ताहिकको भीडमा टोमको उद्घाटन
इनरुवा पुष १८/सोमबारबाट इनरुवामा उद्घाटन नामक साप्ताहिक पत्रिका बजारमा आएको छ ।vटोमराज मेहता प्रकाशक रहेको उद्घाटन साप्ताहिक पत्रिकाको भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताले विमोचन गर्नु भयो । पत्रिका विमोचन पश्चात शुभकामना दिँदै कार्यक्रमका सहभागि वक्ताहरुले पत्रिका प्रकाशनसँगै गुणस्तरीयतालाई समेत ख्याल गर्नुपर्ने सुझाव दिए । फरक शैलिको उद्देशियका साथ पत्रिका प्रकाशन आरम्...

रामधुनी भासिको बजेट १६ करोड

रामधुनी भासिको बजेट १६ करोड
पुष १८ झुम्का /रामधुनी भासि नगरपालिकाको तेस्रो नगर परिषद्ले आर्थिक वर्ष २०७४।०७५ कालागि १६ करोड बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीले आर्थिक वर्ष २०७४।०७५का लागि १६ करोड १२ लाख ९ हजार ५ सय बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । रामधुनी भासि नगरपालिकाले पूँजिगत अनुदान २ करोड ७९ लाख ५७ हजार, आन्तरिक श्रोतबाट १ करोड ४९ ल...

संशोधन प्रकृयामा एमालेको कुनै सहयोग रहदैन् – भीम आचार्य

संशोधन प्रकृयामा एमालेको कुनै सहयोग रहदैन् – भीम आचार्य
पुष १८ झुम्का/नेकपा एमालेका सचिव भीम आचार्यले संविधान संशोधनको प्रकृयामा एमालेको कुनैपनि साथ र सहयोग नरहने स्पष्ट पार्नु भएको छ । एमालेलाई सहमतिमा ल्याउन वर्तमान सरकार जोडतोडकासाथ लागिपरेको प्रशंग कोट्याउँदै आचार्यले संशोधन प्रकृयामा एमाले नउभिने बताउनु भएको हो । संशोधनकालागि समावेश गरिएका बुँदाहरु औचित्यहीन रहेकाले कुनैपनि हालतमा एमालेका लागि त्यो स्विकार्य नहुने आचार्यको भनाई थियो । सुनसरी...

मधेशामा अन्र्तराष्ट्रिय स्तरको कबर्ड हल बन्ने

मधेशामा अन्र्तराष्ट्रिय स्तरको कबर्ड हल बन्ने
इनरुवा पुष १७/सुनसरीको मधेशा ५ मा अन्र्तराष्ट्रिय स्तरको कबर्ड हल निर्माण हुने भएको छ । पूर्व खेलाडीहरुको पहलमा बन्न लागेको कबर्ड हलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले शिलान्यास गर्नु भयो । जनतामा मावि मधेशाले उपलब्ध गराएको १ विगाह क्षेत्रफलमा अनुमानित ३ करोड बढीको लागतमा कबर्ड हल निर्माण गर्न लागिएको हो । गाविस, स्थानीयवासी र राखेप सहितको त्रिपक्षिय सहकार्यमा अत्याधुनिक पूर...

एमाले अध्यक्ष ओली राष्ट्रघाती – महतो

एमाले अध्यक्ष ओली राष्ट्रघाती – महतो
इनरुवा पुष १७/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिनुभएको छ। ओलीले मूलुकलाई अनिर्णयको बन्दी बनाउने काम गरेको महतोको आरोप छ ।  संसद अवरोध गरी संविधान संशोधनको प्रकृया अघि बढ्न नदिनु एमालेकै लागि घातक हुने महतोको भनाई छ ।  सुनसरीको डुम्राहामा आयोजित कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा संचारकर्मीसँगको कुराकानीमा महतोले एमालेकै क...
trusted online casino malaysia