सामाजिक सद्भावकालागि सांस्कृतिक कार्यक्रम

सामाजिक सद्भावकालागि सांस्कृतिक कार्यक्रम
इनरुवा पुष १६/सुनसरीको नरसिंह गाविसमा सामाजिक सद्भावकालागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक सद्भाव प्रवद्धनकालागि सांस्कृति कार्यक्रम नाम दिइएको उक्त कार्यक्रम मार्फत आपसी सद्भाव र भाइचारालाई दर्शाउने प्रयास गरिएको सहजकर्ता धिरज भट्राईले बताए । सामाजिक सद्भाव प्रवद्धन समिति नरसिंहले आयोजना गरेको सो कार्यक्रममा विभिन्न जातजातिको भेषभुषा र पहिचान झल्कने झाँकी तथा नृत्य प्रस्त...

सुनसरी काँग्रेसले मनायो मेलमिलाप दिवश

सुनसरी काँग्रेसले मनायो मेलमिलाप दिवश
इनरुवा पुष १६/ नेपाली काँग्रेस सुनसरीले विचार गोष्ठीको आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवश मनाएको छ । जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजित कार्यक्रममा विपीका विचारको सान्र्दभिकता र वर्तमान राजनैतिक परिवेषका बारे चर्चा गरिएको थियो । पार्टी सभापति राजिब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहता सहित काँग्रेसका जिल्ला तथा स्थानीय नेता तथा कार्य...

राष्ट्रसेवकको साधारणसभा

राष्ट्रसेवकको साधारणसभा
इनरुवा पुष १६/राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले नियमित कारोवार गर्ने उत्कृष्ट १० जना शेयर सदस्यहरुलाई नगद तथा सम्मानपत्र सहित सम्मान गरेको छ ।संस्थाको १८औं साधारणसभाको अवसरमा उनिहरुलाई सम्मान गरिएको हो । ४ सय ६७ जना पुरुष र २ सय ४५ जना महिला सहित १० जना सस्थागत गरी कुल ७ सय २२ जना शेयर सदस्य रहेको उक्त संस्थाको १० करोड १ लाख ७९ हजार ८ सय ७७ रुपैया कारोवार गरेको साधारण सभामा जानकारी दि...

सुनसरी प्रहरीमा बढ्दै हिंसाका उजुरी

सुनसरी प्रहरीमा बढ्दै हिंसाका उजुरी
अमर काफ्ले पुष १५ इनरुवा/सुनसरीमा महिला हिंसा सम्वन्धि घटनाका उजुरी आउने क्रम बढ्न थालेको छ । महिला माथि हुने गरेका विभिन्न किसिमका लैंगिक तथा घरेलु हिंसाका उजुरी लिएर सम्वन्धित कार्यालयमा पुग्नेको संख्या बढेको हो । चेतनास्तरमा आएको वृद्धिसँगै उजुरी बोकी प्रहरीसमक्ष न्यायको माग गर्दै पुग्नेहरुको संख्या बढ्न पुगेको हो । पछिल्लो समय ग्रामिण भेगका महिला स्वयं आफुलाई परेको अन्यायको सुनुवाईको माग...

स्थापना दिवसको अवसरमा देवराम मद्येशीलाई गरे सम्मान

स्थापना दिवसको अवसरमा देवराम मद्येशीलाई गरे सम्मान
१३ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा तराई मद्येश लोकतान्त्रिक पार्टीले आफनो १० औँ स्थापना दिवसको अवसरमा नवप्रवेशी देवराम मद्येशीलाई सम्मान गरेका छन् । बुधबार जिल्ला पार्टी सचिवालयमा तमलोपाका जिल्ला अध्यक्ष चतुर्नन्द पाठक को अध्यक्षता तथा जिल्ला सदस्य मनिष प्रसाद रौनियारको संयोजकत्वमा १० औँ स्थापना दिवसको अवसरमा नव प्रवेशी तथा सो पार्टीका बरिष्ठ उपाध्यक्ष देवराम मद्येशी लगायतका...

बलत्कारीलाई कार्वाहीको माग राख्दै लौकहीमा वृहत प्रदर्शन

बलत्कारीलाई कार्वाहीको माग राख्दै लौकहीमा वृहत प्रदर्शन
१३ पुष, दिपेन्द्र यादव इनरुवा । राधा यादवको हत्यामा संग्लन हत्यारालाई प्रहरी प्रशासनले कार्वाही नगर्दा स्थानिय विद्यार्थीहरुले आज लौकही  बजारमा प्रदर्शन गरेका छन् । लौकही वार्ड नंं. २ स्थित संचालित रहेको राष्ट्रिय माद्ययमिक विद्यालय कक्षा ७ मा अध्ययनरत्त १४ वर्षिय बालिका राधा यादवलाई मंसिर २१ गते विहान ७ बजे हत्या गरेको महिनौँ बित्न लाग्दा पनि हत्यारालाई खोजी गरी कार्वाही गर्न नसक्दा स्थानिय ...

सीमाबाट हुने अवैध निकासी र पैठारी रोक्ने पहल

सीमाबाट हुने अवैध निकासी र पैठारी रोक्ने पहल
इनरुवा पुष ११/ खुला सीमाका कारण हुने चोरी निकासी र पैठारी नियन्त्रणकालागि सुनसरीका सरोकारवालाहरुले सहकार्य गरी अघि बढ्ने निर्णय गरेका छन् । भारत सँग जोडिएको खुला सीमाका कारण अवैध रुपमा पशुपंक्षि तथा पशुजन्य पदार्थको निकासी पैठारी जारी रहेकाले नियन्त्रणमा देखिएको चुनौतिको आंकलन गदै सहकार्य गरी अघि बढ्ने सहमति गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको संयोजकत्वमा बसेको सरोकार...

पूर्व राजाको वक्तव्यको स्वागतसँगै संगठनात्मक तयारीमा जुटे राजाबादी

पूर्व राजाको वक्तव्यको स्वागतसँगै संगठनात्मक तयारीमा जुटे राजाबादी
अमर काफ्ले पुष ११ इनरुवा /केहिदिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहले जारी रहेको विज्ञप्तीको स्वागत गर्दै सुनसरीका राजाबादीहरु मोर्चाबन्दी सहित अघि बढ्ने निर्णयमा पुगेका छन् ।पूर्व राजाको पछिल्लो वक्तब्यले राजाबादीहरुलाई संगठित हुन इङ्गित गरेको निष्कर्श सहित सुनसरी सहित आसपासका जिल्लाका राजाबादीहरु एकजुट भई अघि बढ्ने निर्णयमा पुगेका हुन् । बृहत राजाबादी मोर्चा सुनसरीले आज इनरुवामा आयोजना गरेको ...

लौकहीमा सासु भत्ता वितरण : ६ जना एकल महिलाले भात्तै लिन आएनन्

लौकहीमा सासु भत्ता वितरण : ६ जना एकल महिलाले भात्तै लिन आएनन्
११ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरीको लौकही गाउँ विकास समिति कार्यालयले दोश्रो चौमासिक समाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । गविसले वितरण गरेको दोश्रो चौमासिकको सुरक्षा भत्ता लिनेहरुमा ज्येष्ठ नागरिकहरुको कार्ड नविकरण भएको ४० जना, नयाँ थप भएको ५ जना गरी ४५ जना ज्येष्ठ नागरिकहरुले भात्ता लिएका छन् । यसैगरी दलित ज्येष्ठ नागरिक तर्फ कार्ड नविकरण भएको ११ र थप नयाँ २ जना गरी १३ जना व्यक्तिहरुले सा...

खो खो महिला तथा पुरुष दुवैतर्फ आर्मीलाई स्वर्ण

खो खो महिला तथा पुरुष दुवैतर्फ आर्मीलाई स्वर्ण
पुष ११ इनरुवा/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खो तर्फको फाइनल स्पर्धामा विभागिय टोली नेपाली सेनाले स्वर्ण जितेको छ ।सेनाले महिला तथा पुरुष दुवै प्रतिष्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको छ । पुरुष तर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो । सेनाले एक पाली बाँकी हुँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्...
trusted online casino malaysia