मधेशाको विद्यालयलाई सिर्जनशिल परिवारको ५० हजार सहयोग

मधेशाको विद्यालयलाई सिर्जनशिल परिवारको ५० हजार सहयोग
कात्तिक २९ गते इनरुवा /वैदेशिक रोजगारका लागि कतार पुगेका नेपालीहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि मधेशाको एक विद्यालयलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।रोगजारीका लागि कतार पुगेका युवाहरुद्धारा गठित सुनसरी सिर्जनशिल परिवार नेपालले मधेशा ६ मा रहेको श्री शिशु श्री शिशु विकासिनी प्रावि भौतिक पूर्वाधार सुधारकालागि नगद ५० हजार रकम उपलब्ध गराएको हो । सिर्जनशिल सुनसरीका अध्यक्ष पुष्...

ठेलाको ठक्करले मोटरसाइकल चालक ठहरै

ठेलाको ठक्करले मोटरसाइकल चालक ठहरै
कात्तिक २८ इनरुवा /सुनसरीको हरिपुरमा ठेला रिक्सासँगको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ । को ७ प २९०९ नम्वरको मोटरसाइकल ठेलासँग ठोकिदा गम्भिर घाइते सुनसरी सत्तेरझोरा ९ का वर्ष २६ को श्यामकुमार स्वर्णकारको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।सप्तरी हनुमान नगर ७ बस्ने १७ वर्षिय नविन सरबरीयाले ठेला चलाएका थिए ।

सुनसरी सीमा दशगजा नजिकै भारतद्धारा सडक मर्मतका नाममा बाँध निर्माण

सुनसरी सीमा दशगजा नजिकै भारतद्धारा सडक मर्मतका नाममा बाँध निर्माण
अमर काफ्ले सुनसरी /नेपाल भारत सीमा क्षेत्रको दशगजा नजिक भारतले नियम विपरित बाँध निर्माणको कार्य गर्दै आएको फेला परेको छ । सुनसरीको श्रीपुर जब्दी गाविसको वडा नम्वर ७ मा पर्ने दशगजा क्षेत्रमा अन्र्तराष्ट्रिय नियम विपरित भारतीय पक्षले १५ फिट अग्लो बाँध आकारको संरचना निर्माण गरिरहेको छ। अन्र्तराष्ट्रिय सीमा क्षेत्रको १० किलोमिटर सम्म छिमेकी मुलुकलाई असर गर्ने गरी कुनै पनि ठुला खाले संरचना गर्न ...

विप्लव माओवादीको बन्दले श्रीपुरमा दुई वटा बसमा तोडफोड

विप्लव माओवादीको बन्दले श्रीपुरमा दुई वटा बसमा तोडफोड
२८ कार्तिक, इनरुवा। विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण आज विहानै देखि पूर्वको जनजीवन प्रभावित भएको छ । जनजिविका, राष्ट्रियता, भ्रष्टचार, कालो बजारी खाद्य सम्प्रभुता लगायतका माग राख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज एक दिन नेपाल बन्दको आह्वान गरेको हो । बन्दको कारण आज विहानै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने गन्तब्यमा हिडेका सर्बसाधरण...

छैन् पम्पमा डिजल, पेट्रोल – पूर्वमा अभाव चुलिन सक्ने

छैन् पम्पमा डिजल, पेट्रोल – पूर्वमा अभाव चुलिन सक्ने
इनरुवा कात्तिक २६। ट्याङकर चालकले ११ सुत्रिय माग राख्दै ढुवानीमा रोक लगाएपछि यतिवेला पूर्वमा इन्धन संकटको अवस्था सीर्जना भएको छ । चालकहरुले यसअघिदेखिका आफुहरुले उठाउँदै आएको सेवा सुविधा सहितको माग सुनुवाई नभएको भन्दै इन्धन ढुवानी गर्न नमानेपछि पम्पहरुमा इन्धन अभावको अवस्था सीर्जना भएको छ । सुनसरी सहित पूर्वी बजारका छिटपुट पम्पहरुमा डिजल र पेट्रोल उपलब्ध हुन छाडेको छ । इन्धन अभावका कारण इनरुवा...

दुहवीमा आधुनिक प्रविधीको राधाकृष्णको मन्दिर बनाइने

दुहवीमा आधुनिक प्रविधीको राधाकृष्णको मन्दिर बनाइने
दुहवी कात्तिक २६/सुनसरीको दुहवीमा स्थानीयको पहलमा आधुनिक प्रविधीको राधाकृष्ण मन्दिर निर्माण गरिने भएको छ । १ करोड ५० लाख बढी लागत अनुमान गरिएको मन्दिरको आज एक कार्यक्रमकावीच शिलान्यास गरिएको हो । मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द अग्रवालले बनाउन लागिएको नयाँ मन्दिरको शिलान्यास गर्नुभएको हो । २१ सदस्यीय निर्माण समिति बनाई दुहवीवासीले उक्त मन्दिर निर्माण कार्य अघि बढाउन लागेका हुन् । दाताह...

युवाहरुलाई यूएनडिपिको सामाजिक सद्भाव तालिम

युवाहरुलाई यूएनडिपिको सामाजिक सद्भाव तालिम
कात्तिक २५ इनरुवा/यूएनडिपिले सुनसरीको चाँदवेला र नरसिङका युवाहरुलागि सामाजिक सद्भाव सम्वन्धि तालिमको आयोजना गरेको छ । इनरुवामा आयोजना गरिएको तालिममा सहभागिहरु युवाहरुका लागि यूएनडिपिले सामाजिक सद्भावका लागि लैंगिक,सामाजिक समावेशीकरण तथा द्वन्द्व संवेदनशिल पैरवी एवं वार्ता विषयक कार्यशालाको आयोजना गरेको हो । स्थानीय बाल तथा युवा क्लबमा आवद्ध ३० जनालाई यूएनडिपिका सामाजिक सद्भाव तथा लोकतान्त्रिक...

लोकतान्त्रिक थारु सुनसरीमा शंकरलाल

लोकतान्त्रिक थारु सुनसरीमा शंकरलाल
कात्तिक २५ इनरुवा /नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीको तेस्रो जिल्ला सम्मेलनले शंकरलाल चौधरीको अध्यक्षयतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा शंकरलाल चौधरी निर्वाचित हुँदा उपाध्यक्षमा दुखीलाल चौधरी चुनिएका छन् । जिल्ला कार्य समिति सचिवमा हेमनारायण चौधरी, सहसचिवमा भिकन चौधरी र कोषाध्यक्षमा हरिनारायण चौधरी छानिएका छन् । त्यसैगरी सदस्यहरुमा सत्यनारायण चौधरी, गिरिधर च...

लोकतान्त्रिक थारु संघ सुनसरीको जिल्ला सम्मेलन

लोकतान्त्रिक थारु संघ सुनसरीको जिल्ला सम्मेलन
इनरुवा कात्तिक २४ /नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीको तेस्रो जिल्ला सम्मेलन इनरुवामा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला पाटी कार्यालय सुनसरीमा सम्पन्न सम्मेलनमा एमालेका केन्द्रिय सदस्य धर्मराज निरौला, लोकतान्त्रि थारु संघका केन्द्रिय महासचिव बलदेव चौधरी लयागतको उपस्थिती रहेको थियो । संघका सुनसरी अध्यक्ष भद्रनारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला अध्यक्ष द्धारिकलाल चौधर...

इस्लाम नगरमा मिल्लतको भवन उद्घाटन

इस्लाम नगरमा मिल्लतको भवन उद्घाटन
इनरुवा कात्तिक २४/सुनसरीको इस्लाम नगर मा मिल्लत पब्लिक स्कूलको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । जकात फाउण्डेसन अमेरिकाको सहयोगमा निर्माण सम्पन्न ६ कोठे भवनको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नु भएको हो । नरसिङ १ मा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालले अनाथ बालबालिकाकालागि आवास सहित पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । मिल्लत एजुकेशनलले ७०...
trusted online casino malaysia