
इनरुवा कात्तिक २४/सुनसरीको इस्लाम नगर मा मिल्लत पब्लिक स्कूलको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । जकात फाउण्डेसन अमेरिकाको सहयोगमा निर्माण सम्पन्न ६ कोठे भवनको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नु भएको हो ।
नरसिङ १ मा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालले अनाथ बालबालिकाकालागि आवास सहित पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ ।
मिल्लत एजुकेशनलले ७० जना अनाथ बालबालिका पठाउँदै आएको अध्यक्ष मौलाना फिरोज फलाहीले कार्यक्रममा जानकारी गराउनुभयो ।
५१ लाखको लागतमा निर्माणा सम्पन्न भवन आधुनिक प्रविधी र सुविधा सम्पन्न बनाइएको एजुकेशनलका महासचिव डा. खुर्शिद आलमले जानकारी दिनुभयो ।









