50-hajar-sahayog-Madhesa school
कात्तिक २९ गते इनरुवा /वैदेशिक रोजगारका लागि कतार पुगेका नेपालीहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि मधेशाको एक विद्यालयलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।रोगजारीका लागि कतार पुगेका युवाहरुद्धारा गठित सुनसरी सिर्जनशिल परिवार नेपालले मधेशा ६ मा रहेको श्री शिशु श्री शिशु विकासिनी प्रावि भौतिक पूर्वाधार सुधारकालागि नगद ५० हजार रकम उपलब्ध गराएको हो ।

50-hajar-sahayog-Madhesa school1
सिर्जनशिल सुनसरीका अध्यक्ष पुष्प कार्की, सिर्जनशिल परिवार कतारका उपाध्यक्ष विनोद कटवाल, सल्लाहकार संयोजक रामसागर मेहता सहितकाले नगद रकम विद्यालयका प्रअ राजेन्द्रप्रसाद चौधरीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाविस सचिव संगिता चौधरी, विभिन्न दलका प्रतिनीधी, समाजसेवी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

सिर्जनशिल परिवार सुनसरीले गत वर्ष समेत विभिन्न सात वटा विद्यालयमा भौतिक पूर्वाधार निर्माण सहयोगका साथै शैक्षिक सामाग्री उपलब्ध गराएको थियो । यसैविच भाषी उच्च माविमा समेत शैक्षिक सामाग्री सहित कक्षा १ देखी कक्षा ५ सम्मका प्रथम हुने छात्रछात्रालाई प्रोत्साहन स्वरुप छात्रवृति रकम वितरण गरिएको कोषाध्यक्ष कैलाश कार्कीले जानकारी दिए ।

50-hajar-sahayog-Madhesa school2
सुनसरी सिर्जनशिल परिवार नेपालले शिक्षाका साथै सामाजिक कार्य अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । सिर्जनसिल परिवारले यही मंसिर ४ गते पहिलो साधारणसभाको आयोजना गर्दैछ । थप परिस्कृत तवरले कार्यक्रमहरु अघि लैजानेबारे सरोकारवालाहरुसँगको राय सुझाव अनुरुप अघि बढ्ने सुनसरी अध्यक्ष पुष्प कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia