कोसीटप्पुमा विषादीबाट १५० वटा पशु मरे
इनरुवा / कोसीटप्पु वन्यजन्तु आरक्षको सुनसरी र सप्तरी क्षेत्रमा १५० वटा गाईगोरु मरेको स्थानीयवासीले बताएका छन् ।
मध्यवर्ती क्षेत्रको नदीमा विषादी हालेका कारणले सो क्षेत्रमा १५० वटा गाईगोरु मरेको स्थानीयवासीले बताएका हुन् । सप्तरीको कमलपुर, पिपरा र सुनसरीको महेन्द्रनगर, प्रकाशपुर क्षेत्रमा गाईगोरु मरेको पाइन्छ ।
यता आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले आरक्ष क्षेत्रदेखि तीन किलोमिटर बाहिर र...












