संर्घष समितिको आपत्ति

संर्घष समितिको आपत्ति
३० असोज, इनरुवा/ वृहत मधेश संर्घष समिति सुनसरीले आफ्ना नेता कार्यकर्तामाथि बढ्दो प्रहरी ज्यादति प्रति आक्रोस जनाएको छ । मोर्चाका सदस्य सचिव सन्तोष मेहताले विज्ञप्ती जारी गरी आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन थालेको भन्दै आपत्ति जनाएका हुन् । जारी विज्ञप्तीमा शुक्रवार साँझ आफुहरुको मोटरसाइकल र्यालीमा ससस्त्र प्रहरीले हस्तक्षेप गरी मोर्चा कार्यकर्तामाथि निर्घात कुटपिट गरेको आरोप लगा...

प्रतिक्षण दैनिक अब रङ्गिनमा आउने

प्रतिक्षण दैनिक अब रङ्गिनमा आउने
३० असोज इनरुवा/ दुई वर्ष अघिदेखि सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित हुँदै आएको दैनिक अखबार प्रतिक्षण दैनिकले आजबाट मासहेड रङ्गिन बनाएको छ । इनरुवाबाट निरन्तर प्रकाशित हुँदै आएको प्रतिक्षण दैनिकले रङ्गिन पत्रिका प्रकाशनको तयारी स्वरुप आजबाट मासहेड कलरमा प्रकाशन थालेको हो ।छिट्टै रंगिन पत्रिका प्रकाशनले पूर्णता पाउने पत्रिकाका प्रकाशक, सम्पादक इकबाल अहमदले इनरुवा अनलाइनलाई जानकारी दिए । अहमदले पत...

बढ्यो घरेलु मदिराको कारोबार

बढ्यो घरेलु मदिराको कारोबार
३० असोज इनरुवा / चाडपर्व नजिकिएसँगै यतिवेला सुनसरीका ग्रामिणी भेगमा घरेलु मदिराको विक्रि वितरण बढेको छ । सदरमुकाम इनरुवा सहित आसपासका ग्रामीण क्षेत्रमा घरेलु मदिराको उत्पादनको क्रम बढेसँगै विक्री वितरणमा वृद्धि भएको हो । सदमुकाम इनरुवा सहित रामनगरभुटाहा, भण्टावारी, लौकही, श्रीपुरजब्दी, लगायतका गाविसहरुमा ठुलो परिमाणमा घरेलु मदिरा उत्पादन हुन थालेको छ । उत्पादित मदिरा स्थानीय बजार हुँदै सदरम...

बढ्यो पेट्रोल,डिजेलको कालोबजारी

बढ्यो पेट्रोल,डिजेलको कालोबजारी
३० असोज इनरुवा/ यतिबेला मुलुक पेट्रोलियम पदार्थको चरम अभावसँग जुधिरहेको छ ।भारतको चार सातायता जारी अघोषित नाकाबन्दीका कारण डिजेल, पेट्रोलको हाहाकार भएको छ । चाडबाडलाई मध्यनजर गर्दै जसोतसो सुनसरी प्रशासनले स्थानीय पम्पहरुबाट सीमित मात्रामा पेट्रोल उपलब्ध गराउँदै आएको छ । सहज रुपमा पेट्रोल सर्वसाधारणले पाउन सकेका छैनन् । पेट्रोल वितरण हुने खवर पाउन साथ पम्पका सर्वसाधारणको लाइन लाग्छ । यद्यपी ...

प्रहरीको कुटाईबाट घाइते

प्रहरीको कुटाईबाट घाइते
३० असोज इनरुवा/अमर काफ्ले/  ससस्त्र प्रहरीको कुटाईबाट इनरुवामा एक जना घाइते भएका छन् । विहान वैष्णो देवि प्रट्रोल पम्पमा तेलका लागि लाइन बसेका इनरुवा ६ का दिनेश मेहता ससस्त्र प्रहरीको कुटाईबाट घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको छ । वृहत मधेश संर्घष समिति सुनसरीका सचिव सन्तोष मेहताका भाई दिनेश मोर्चा कार्यकर्ता भएकै कारण प्रहरीले रिसिवि साँध्न आक्र...

प्रहरीको लाठी चार्जबाट आधा दर्जन मोर्चा कार्यकर्ता घाइते

प्रहरीको लाठी चार्जबाट आधा दर्जन मोर्चा  कार्यकर्ता घाइते
असोज २९ इनरुवा, अमर काफ्ले  / आज साँझ सुनसरीको इनरुवा स्थित बसचौकमा प्रहरी र मधेशी मोर्चाका कार्यकर्तावीच झडप भएको छ । कालो झण्डा सहित निस्केको मोर्चाको मोटरसाइकल र्लालीले नगरको परिक्रमा गर्ने क्रममा प्रहरी सँग झडप भएको हो । जिविस रोडबाट निस्केको मोर्चाको मोटरसाइकल र्लाली नगरको विभिन्न भागको परिक्रमा पश्चात बसचौक पुगेपछि प्रहरीसँग झपड हुन पुगेको थियो । बसचौकमा सरकार विरोधी नाराबाजी गर्ने क...

इनरुवामा मोर्चाको मोटरसाइकल रयाली

२९ असोज इनरुवा/ वृहत मधेश संघर्ष समिति सुनसरीले आज इनरुवामा मोटरसाइकल र्याली निकालेको छ । दुई महिनायता दिनहुँजसो आन्दोलन गर्दै आएको मोर्चाले सुनसरी, मोरङ र झापालाई मधेश प्रदेशमा गाभिनुपर्ने माग राख्दै इनरुवामा मोटरसाइकल र्याली निकालेको हो । चाडबाडमा समेत आन्दोलन जारी राख्ने निर्णय गरेको मोर्चाले दिनहुँजसो विभिन्न खाले सरकार विरोधी प्रर्दशन गर्दै आएको छ । जिविस रोडबाट कालो झण्डा सहित सुरु भएको मोर...

रुखको हाँगा काट्ने विषयमा बिवाद – कुटाकुटमा आठ घाइते

२८ असोज इनरुवा/ सुनसरीको मध्यहर्षाही ५ मा रुखको हाँगा काट्ने विषयलाई लिएर विवाद हुँदा दुई पक्ष्यवीच कुटाकुट भएको छ । स्थानीय जगत नारायण मेहताको जग्गामा रहेको शिरिषको रुखको हाँगा काट्ने विषयमा उत्पन्न विवादले कुटाकुटको रुप लिएको थियो । शिरिषको रुख आफ्नो जग्गामा रहेको दावी गर्ने जगत र सोही स्थानका लक्ष्मी मेहताका वीच झगडा चर्के पछि दुई पक्षियवीच कुटाकुट भएको थियो । घटनामा परी आठ जना घाइते भएको सुन...

सहकारीमा आगजनी

सहकारीमा आगजनी
  २८ असोज इनरुवा/ अपरिचित व्यक्तिहरुको समूहले सुनसरीको कप्तानगंज ४ स्थित रहेको कृषि सहकारी संस्थामा आगजनी गरेका छन् । आगजनीबाट सहकारी संस्थाको कागजपत्र, दराज, टेबल जलेको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई घाइते

दुर्घटनामा दुई घाइते
२८ असोज इनरुवा / सुनसरीका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन् । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्गमा को १ प १२३५ नम्बरको मिनि ट्रकले को ६ प १९८४ नम्बर मोटरसाइकलले ठक्कर दिंदा मोटरसाइकल चालक सिद्धकाली गण पकलीमा कार्यरत राजेन्द्र लिम्बु घाइते भएका छन् । उनको सामान्य अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ...
trusted online casino malaysia