मनमोहनको सुनसरी कमिटी गठन

मनमोहनको सुनसरी कमिटी गठन
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको सुनसरी जिल्ला कमिटी गठन भएको छ । घनश्याम अधिकारीको अध्यक्ष्तामा गठित जिल्ला कमिटीको उपाध्यक्ष क्रमशः शत्रुघन चौधरी र बिनोद घिमिरे रहनु भएको छ । त्यसैगरी सचिवमा मेघराज न्यौपाने, सह–सचिव दिपेश ढकाल र कोषाध्यक्षमा दिपक कार्की छानिएको मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो । जिल्ला कमिटीले इनरुवामा संचालन हुने दोस्रो मनमोहन क...

उद्योग वाणिञ्य संघ इनरुवाको साधारण सभा

उद्योग वाणिञ्य संघ इनरुवाको साधारण सभा
उद्योग वाणिज्य संघ इनरुवाको १८औं वार्षिक साधारण सभा शनिवार इनरुवामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कृषि तथा पशुपंछी बिकास राज्यमंत्री रामकुमारी चौधरीले गर्नु भएको हो ।पञ्चदेव मेहताको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यमंत्री चौधरीले स्थानीय तहको बजार व्यवस्थापन सहित वृद्धिबिकासमा उद्योग वाणिज्य संघ इनरुवाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नु भयो । बजार, ...

घुस्कीमा बेवारिसे शव फेला

घुस्कीमा बेवारिसे शव फेला
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ घुस्की स्थित धानखेतमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। घुस्कीका स्थानीय निवासी इलियास अन्सारीको धानखेतीमा नामथर ठेगाना नखुलेको करिब ४० वर्षीय युवकको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दिउसाे स्थानीय बासिन्दाले घाँस काटन गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, घुस्की प्रहरी चाैकिका प्रहरी घटना...

दुलाललाई नगरपालिकाको ५ लाख, बिरामीलाई प्लेनले लान मानेन्

दुलाललाई नगरपालिकाको ५ लाख, बिरामीलाई प्लेनले लान मानेन्
इनरुवा। खर्च अभावमा स्वास्थ्योपचारबाट बञ्चित बनेका शिक्षक सरोज दुलालको उपचारकालागि इनरुवा नगरपालिकाले नगद ५ लाख सहयोग गरेको छ । बोनम्यारो ट्रान्सप्लान्टकालागि आवश्यक खर्च जुटाउन नसक्दा जीवनमरणको दोसाँझमा परेका शिक्षक दुलाललाई भेटी नगरप्रमुख राजन मेहताले नगद ५ लाख जिम्मा लगाएका हुन् । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको तलब भत्ताबाट कटौति गरी सहयोग रकम उपलब्ध गराउने बताएका मेहताले खाता संचालनमा नरह...

हावादारी सरकारले मुलुक बर्बाद पार्योः देउवा

हावादारी सरकारले मुलुक बर्बाद पार्योः देउवा
इनरुवा। नेपाली कांग्रेसले सुनसरीबाट दोस्रो जनजागरण अभियानको औपचारिक थालनी गरेको छ । १०६ औं वीपी जयन्तीको अवसर पारी काँग्रेसले सुनसरीकोे इनरुवाबाट दोस्रो चरणको अभियानको घोषणा गरेको हो । जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजित सभाका बिच पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियान थालनी भएको औपचारिक घोषणा गर्नु भएको छ । सभालाई सम्बोधन गर्दै सभाापति देउवाले वर्तमान सरकारको रवैया डरलाग्दो देखिएको बत...

शान्तिदीपको हरहिसाब सार्वजनिक

शान्तिदीपको हरहिसाब सार्वजनिक
शान्तिदीप नेपाल इनरुवाले केहिदिन अघि सम्पन्न गरेको फुटबल प्रतियोगिताको हरहिसाब सार्वजनिक गरेको छ । खेलकुद नगरी उन्मूख इनरुवा नगरपालिकामा साना–ठुला गरी दर्जनबढी प्रतियोगिता भैसकेतापनि हरहिसाब सार्वजनिक गरिएको भने यो पहिलो पटक हो । स्वयं नगरपालिका आफैं आयोजक रही आयोजना गरिएका प्रतियोगिताको समेत अहिलेसम्म खर्च विवरण सार्वजनिक गरिएको छैन् । नगरमा विभिन्न संघसंस्थाले क्रिकेटको राष्ट्रिय स्तरका प...

इनरुवामा उराँव समुदायको पहिलो संग्रहालय भवन निर्माण

इनरुवामा उराँव समुदायको पहिलो संग्रहालय भवन निर्माण
इनरुवा। प्रदेश नम्बर १ मा पहिलो पटक यहाँका उराँव(झगड्) समुदायको कला, संस्कृति, संस्कार संरक्षण र जन्मदेखी मृत्युसम्म गरिने कृयाकलापको संग्रह गर्न नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान भवन र संग्राहलय निर्माण सम्पन्न भएको छ । सुनसरीको सदरमुकाम इनरुवामा प्रतिष्ठानको भवन तथा संग्राहलय निर्माण सम्पन्न भएको हो । संघिय संसद सिताराम मेहताको संसद विकास कोषको ५० लाख रुपियाँ र प्रतिष्ठानको १२ लाख ५० हजार रु...

भुटाहामा सराेकार बचत तथा ऋण सहकारी संस्थाकाे शाखा विस्तार

भुटाहामा सराेकार बचत तथा ऋण सहकारी संस्थाकाे शाखा विस्तार
भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं.२ भुटाहामा रहेको सराेकार बचत तथा ऋण सहकारी संस्था लि.काे प्रधानाकार्यालयले वडा नं.१ भुटाहामा एउटा शाखा थपिएको संस्थाले जनाएको छ। सराेकार बचत तथा ऋण सहकारी संस्थाले घर जग्गा पेट्रोल पम्प समेत दुई करोड ६१ लाखमा खरिद गरेर सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्प संचालन गर्दै आइरहेकाे बेला संस्थाले पेट्रोल पम्प भित्र आफ्नाे भवनमा सराेकार बचत तथा ऋण सहकारी संस्थाले न...

समुन्नत र दिर्घगामी विकासकालागि हरिनगर गाउँपालिका (भिडियो)

समुन्नत र दिर्घगामी विकासकालागि हरिनगर गाउँपालिका (भिडियो)
हरिनगर गाउँपालिकाको समुन्नत र दिर्घगामी विकासकामा आधारित हरिनगर गाउँपालिकाको सेरोफेरोमा तयार पारिएको वृतचित्र https://youtu.be/OoCZqP049dE

अनिश्चित बनेको दशैं साँझ संचालनमा आउने

अनिश्चित बनेको दशैं साँझ संचालनमा आउने
अनिश्चित बनेको मेघा रिदम इभ नामक सांगितिक कार्यक्रम अन्ततः आयोजना हुने भएको छ । विगत ७ वर्षयता दशैंको फुलपातीको अवसर पारी इनरुवाको महेन्द्रचौकमा संचालन गरिंदै आइएको सांगितिक कार्यक्रम आयोजना गर्नबाट पछि हटेको आयोजक पूनः कार्यक्रम संचालनको तयारीमा जुटेको हो । मुख्य सहयोगीका रुपमा रहँदै आएको इनरुवा नगरपालिका र वडा नम्वर तीनको कार्यालयले सहयोग उपलब्ध गराउन नसकिने बताएपछि आयोजक इनरुवा इभेन्ट म्यानेजमे...
trusted online casino malaysia