- अमर काफ्ले

अनिश्चित बनेको मेघा रिदम इभ नामक सांगितिक कार्यक्रम अन्ततः आयोजना हुने भएको छ । विगत ७ वर्षयता दशैंको फुलपातीको अवसर पारी इनरुवाको महेन्द्रचौकमा संचालन गरिंदै आइएको सांगितिक कार्यक्रम आयोजना गर्नबाट पछि हटेको आयोजक पूनः कार्यक्रम संचालनको तयारीमा जुटेको हो । मुख्य सहयोगीका रुपमा रहँदै आएको इनरुवा नगरपालिका र वडा नम्वर तीनको कार्यालयले सहयोग उपलब्ध गराउन नसकिने बताएपछि आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्ट पछि हटेको थियो ।

स्वदेश तथा विदेशमा रहेका इनरुवाबासीबाट कार्यक्रमको निरन्तरताकालाथि सहयोग उपलब्ध हुने आश्वासन पश्चात आयोजक आठौं मेघा रिदम इभ कार्यक्रम संचालनको तयारीमा जुटेको हो ।इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राकेश निरौलाले सरोकारवालाहरुको असहयोगका बाबजुत सहयोगीहरुबाट प्राप्त साथ र हौषलाले कार्यक्रमको निरन्तरतामा जुटेको बताए । उनले सांगितिक क्षेत्रमा इनरुवाको पहिचान दिलाएको कार्यक्रमलाई नगरपालिका र वडाले वेवास्ता गरिनु दुखद भएको बताए । यद्यपी सहयोगीहरुको साथले कार्यक्रमलाई थप परिस्कृत बनाएर संचालनमा ल्याउन हौसाएको निरौलाले बताए । धरान र इटहरी जस्ता ठुला शहरहरुमा मात्रै सीमित सांगितिक कार्यक्रमलाई इनरुवामा समेत स्थापित गराउन मेघा रिदम ईभले महत्पूर्ण भूमिका खेल्दै आएको कार्यक्रम संयोजक सुसान्त बन्नेतको भनाई छ । दशैंको अवसरमा यसअघि इनरुवा इभेन्ट म्यानेजमेन्टले इनरुवा आयोजना गरेको कार्यक्रममा दिपक बर्जाचार्य, प्रनिल तिमल्सिना, नारद खतिवडा, रेखा शाह, सञ्जय श्रेष्ठ, एमटी डडद्धड, अतृप्त बैण्ड, रोविन एण्ड द न्यू रिभोलुसन, मनोज गजुरेल, नविन के भट्टराई, कुटुम्ब, कन्दरा र मङ्गोलियन हर्टले सांगितिक प्रस्तुति दिइसकेका छन् । यस पटकको कार्यक्रममा इनरुवाको पुरानो बैण्ड अदृष्य सहित गायक सविन राईको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia