कोशी प्रदेश सरकार गठनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका दलहरूको बैठक डाकेका छन् । आज (सोमबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेता बताउँछन् । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले...












