इटहरीबाट आठ किलो यार्सागुम्बासहित दुई जना पक्राउ
इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो कोशी राजमार्गको इटहरी उपमहानगरपालिका– २० तरहराबाट ८ किलो दुई सय ग्राम यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– ३ बस्ने ४२ वर्षीय छजुङ्ग भोटे र धरान १९ का पुष्पराज राई छन् । धरानबाट इटहरी आँउदै गरेको ...












