सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून

सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून
बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेका सुदूरपश्चिम प्रदेश स्वा...

पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा

पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको ‘सिर्सिया नदी प्रदूषण नियत्रन्त्रण अभियान’मा बारा, पर्साका उद्योगीहरुले पनि सघाउने भएका छन् । पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा ल्याउने निर्णयमा उनीहरु पुगेका छन् । विशेषगरि छाला, पेन्ट, तेल घ्यू उद्योगबाट निस्कने पानी प्रशोधन नगरी खसालिदिंदा नदी प्रदूषित भएको  छ । वीरगञ्ज महानगरपालिकाका उपमेय...

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ
इटहरी । मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।...

सुन्दरहरैचा नगरपालिकाकाे निर्णय प्रति ३ दलको गम्भिर ध्यानाकर्षण

सुन्दरहरैचा नगरपालिकाकाे निर्णय प्रति ३ दलको गम्भिर ध्यानाकर्षण
इटहरी । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाबाट गरिएका निर्णयहरुप्रति नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गंभीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।बुधबार ति दलहरुले संयुक्त रूपमा आपत्ति जनाउँदै ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू ३ दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू ...

कोशी नामकरण विवाद : वार्ता समिति बनाउने तयारीमा मुख्यमन्त्री

कोशी नामकरण विवाद : वार्ता समिति बनाउने तयारीमा मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग आवश्यक परामर्श गरेर पहिचानवादीसँग वार्ता गर्न समिति बनाउने जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरि आन्दोलनकारीसँग वार्ता गर्न समिति बनाउने कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले बताए । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आन्दोलनरत पक्...

विराटनगरस्थित आरके मलको गोदाममा आगलागी, १ करोड बढीको क्षति

विराटनगरस्थित आरके मलको गोदाममा आगलागी, १ करोड बढीको क्षति
विराटनगर । विराटनगरको आरके मलको गोदाममा आगलागी हुँदा १ करोड बढीको क्षति भएको छ।मल अगाडी बनाएको छुट्टै गोदाममा गएराति आगलागी हुँदा गोदाममा राखिएको लत्ताकपडा, जुत्ता चप्पल, इलेक्ट्रिक समान, पियपद्धार्थ लगायतका खाद्यवस्तुहरू जलेर पूर्ण रूपमा नष्ट हुदा सो मूल्य बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। आगलागी विराटनगर महानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, स...

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए । लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखो...

दाङमा १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप

दाङमा १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप
दाङ। दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ । दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जा...

मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
विराटनगर । प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट  एक जनालाई पक्राउ गरेको हो । अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा  सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की  २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डि...

नेपाल टेलिकमले वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता

नेपाल टेलिकमले वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता
वीरगञ्ज । नेपाल टेलिकमले चैत २७ गतेसम्म वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता जनाएको छ । वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयले चैत २७ गतेसम्म काम सक्काउने प्रतिबद्धता जनाएपछि महानगरले मंगलबार खसाएको फोहोर पनि उठाएको छ । टेलिकमका कर्मचारीले बिहान कार्यालयमा आएर लिखित जानकारी गराएलगत्तै मेयर राजेशमान सिंहले सरसफाइ शाखालाई फोहोर उठाउन निर्देशन दिएका थिए । बिहान १० ब...
trusted online casino malaysia