परालले छोपेर राखेको ६ सय ७० किलो गाॅजा पक्राउ

परालले छोपेर राखेको ६ सय ७० किलो गाॅजा पक्राउ
सप्तरी प्रहरीले शनिबार ६ सय ७० किलो गाँजा नियन्त्रणमा लिएको छ । बलानबिहुल गाउँपालिका-१ चनहीको कमलदाहामा २४ वटा प्याकेटमा राखेर परालले छोपिएको अवस्थामा ६ सय ७० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सप्तरी प्रहरीले यसअघि गत मंसिर ३ गते राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने ट्रिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो गाँजा नियन्त्रणमा लिएको थियो ।

पाख्रीबासमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाख्रीबासमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका-३ जौटारमा बिहीबार राति सवा ९ बजे १ सय ५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहा जिल्लाको लहान नगरपालिका-५ का प्रमोद मल्लिक रहेका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले...

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन
सुनसरी । सुनसरी सदरमुकाम इनरुवाका रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने, “वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिक रुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिक...

बैकिङ्ग कसुरमा विराटनगर १२ का वडा अध्यक्ष पक्राउ

बैकिङ्ग कसुरमा विराटनगर १२ का वडा अध्यक्ष पक्राउ
विराटनगर । आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । मोरङको जहद...

जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार, प्रहरीले थाल्यो छानविन

जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार, प्रहरीले थाल्यो छानविन
काठमाडौँ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन थालेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका हुन् । यु–१९ समूहमा क्रिकेट समेत खेल्ने सिंहको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । जनकपुर बोल्ट्सले जितेपछि उनी विरुद्ध अन्य टिमक...

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरेको छ । शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो। अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसि...

बिलविजक नभएको ३ सय ४४ केजी रुद्राक्ष बरामद

बिलविजक नभएको ३ सय ४४ केजी रुद्राक्ष बरामद
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले आज बरामद गरेको छ । धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ केजी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो । बरामद रुद्राक्षको दाना आवश्यक का...

देशभर चिसो बढ्यो, कोशीमा आंशिक बदली

देशभर चिसो बढ्यो, कोशीमा आंशिक बदली
पश्चिमी वायुको सामान्य प्रभाव देशभर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । अन्य स्थानको मौसम मुख्यतया सफा छ । विभागका अनुसार देशभर चिसो बढेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मु...

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ
सुनसरी / सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ यादव टोलबाट अवैध लागु औषध गाँजा सहित ३० वर्षिय एक युवक पक्राउ परेका छन् । देवानगंजबाट घुस्कि तर्फ आउदैँ गरेको को ३४ प ६६४० मोटरसाईकल शंका लागि रोकी चेकजाँच गर्दा हरिनगरा ७ बस्ने जलामुदिन मियाले बोरामा ल्याउदैँ गरेको २५ के.जी. लागू औषध गाँजा प्रहरी चौकी घुस्कीहाट सुनसरीवाट खटिएको प्रहरी अधिकृतको टोलीले बरामद गरेकाे हाे । मियालाइ पक्राउ गरी जिल्ला ...

कृषि फर्मबाट गाँजा सहित संचालक पक्राउ

कृषि फर्मबाट गाँजा सहित संचालक पक्राउ
इनरुवा। सुनसरीको धरान उप-महानगरपालिका-१७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई र...
trusted online casino malaysia