सुनसरीमा साँझ ५ बजे भित्र खस्यो ६० प्रतिशत मत
इनरुवा। सुनसरीमा साँझ ५ बजे भित्र ६० प्रतिशत मत खसेको छ । मतदान कार्य पूर्ण सम्पन्न भैसक्दाको अवस्था सम्ममा ७१ प्रतिशत मत खस्ने आंकलन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मतदानको समयावधि सकिएपनि ५ बजे अगावै मतदान केन्द्रमा प्रवेश गरेकाहरुको भने मतदान अझै जारी छ ।
जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार धेरेजसो मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको छ ...












