इनरुवामा आठ जना साहित्यकारलाई सम्मान

इनरुवामा आठ जना साहित्यकारलाई सम्मान
इनरुवा। सुनसरीको इनरुवामा साहित्यकारहरुको संस्थाको रुपमा रहेको “सिर्जनामा इनरुवा” नामक संस्थाको वार्षिकोत्सब तथा सधारण सभामा रमेन्द्र सावित्री लघुकथा पुरस्कारबाट ममता मृदुल पुरस्कृत हुनुभएको छ । लघु कथाकार एवम् गोरखापत्र दैनिकमा भाषा सम्पादनमा समेत आवद्ध रहनुभएका मृदुल पुरस्कृत हुनुभएको हो । सोही कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव साहित्य पत्रकार सम्मानबाट सम्मानित हुन...

सुर्यकिरण एकेडेमीमा कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम

सुर्यकिरण एकेडेमीमा कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा ५ मा रहेको सूर्यकिरण एकेडेमी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई विद्यालय तथा कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत, नृत्य र सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन् । कार्यक्रममा ७० जाना बढी कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरि...

सशस्त्र प्रहरी लौकहीले गर्यो अवैध पटका बरामद

सशस्त्र प्रहरी लौकहीले गर्यो अवैध पटका बरामद
भण्टाबारी। सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गाेप्य सूचनाको आधारमा पटका बरामद गरेको हो। सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विशेष निगरानी र सूक्ष्म अनुगमनपछि, प्रहरीले भारतबाट ल्याइएको पटका नियन्त्रणमा ...

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत
विराटनगर। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिश्वासको मत प्राप्त गरेका छन् । कोशी प्रदेश सरकारमा दुई तिहाइ मत सहित उनले बिश्वासको मत प्राप्त गरेका छन् । विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजबादिका २ जनाले मतदान गरेनन् । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री कार्कीले वैशा...

करम पुजामा उराँव जीवन दर्शन प्रदर्शन

करम पुजामा उराँव जीवन दर्शन प्रदर्शन
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायको महान पर्व करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको छ । बुधबार उराँवहरुले करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले सामूहिक जमरा राखेको एक हप्तापछि करमको अबसरमा उराँव समुदायको जन्मदेखी मृत्युसम्मको संस्कार झल्किने उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । उराँव समुदायका युवा तथा नयाँ ...

चर्चित डली चायवाला झापा आइपुगे

चर्चित डली चायवाला झापा आइपुगे
झापा । चर्चित डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।त्यहाँ...

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी
मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका–१ गुरधुममा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा आइतबार साँझ विजय राईको परिवारका ४ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा विजयकी पत्नी ५८ वर्षीया बलमाया राई, छोराहरु २५ वर्षीय सुजन, १८ वर्षीय कुमार र बुहारी २४ वर्षीया मञ्जु राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रब...

ग्रामथानबाट १८ लाख सहित ९ जना जुवाडे पक्राउ

ग्रामथानबाट १८ लाख सहित ९ जना जुवाडे पक्राउ
मोरङको ग्रामथान गाउँपालिकाबाट १८ लाख रूपैयाँ सहित ९ जना जुवाडे पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोल...

ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरो सहितको ढुङ्गा लाग्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअप भ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरो सहितक...

कोशी सरकारमा कांग्रेस सहभागी हुँदै

कोशी सरकारमा कांग्रेस सहभागी हुँदै
विराटनगर। सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ आज राखिएको छ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । कृष्ण सिटौला...
trusted online casino malaysia