इलाम र झापाबाट उत्पादित एक करोड किलाे चिया गोदाममै थन्कियो

इलाम र झापाबाट उत्पादित एक करोड किलाे चिया गोदाममै थन्कियो
झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड किलो (केजी) चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रि...

रुसी सेनामा नेपाली पठाउने गिरोह साैवजनिक : उदयपुर कटारीका हरि विश्वकर्मा गिराेहका नाइके

रुसी सेनामा नेपाली पठाउने गिरोह साैवजनिक : उदयपुर कटारीका हरि विश्वकर्मा गिराेहका नाइके
इटहरी डेस्क । रुसी सेनामा भर्ती हुनका लागि भन्दै बहालवाला प्रहरीले नै पासपोर्ट बुझाएर प्रक्रिया अघि बढाएको खुलेको छ । नेपालीहरुलाई अवैध रुपमा रुसी सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनाबाट बरामद भएको पासपोर्टले उक्त रहस्य बाहिरिएको हो ।१२ जनाबाट बरामद भएका ४७ थान पासपोर्टमध्ये दुई थान पासपोर्ट नेपाल प्रहरीका दुई अधिकारीको रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका ...

विराटनगर आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो

विराटनगर आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो
इटहरी । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । जलेर मृत्यु भएको अवस्थामा एक जना म...

काँकडभिट्टा – लाैकही चारलेन सडक : सडक बिभागलाइ रूख काट्नै हताराे

काँकडभिट्टा – लाैकही चारलेन सडक : सडक बिभागलाइ रूख काट्नै हताराे
इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तार गर्न झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको छ । डिभिजन कार्यालय झापा र अन्तर्गतका निकायले सडकका रुखमा टाँचा लगाउने काम थालेको छ । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गम...

उदयपुरकाे हडैया खाेलामा बनिनसक्दै दाेस्राे पटक भत्कियो पक्की पुल : बालुवामा पानी सरह बन्याे ८ कराेड बढी लगानी

उदयपुरकाे हडैया खाेलामा बनिनसक्दै दाेस्राे पटक  भत्कियो पक्की पुल : बालुवामा पानी सरह बन्याे ८ कराेड बढी लगानी
उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्फको ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले जानकारी दिए । यो पुल निर्माण सुरु भएको आठ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो । स...

सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा चुरे दोहन : वन फँडानी नरोकिए आन्दोलनको चेतावनी

सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा चुरे दोहन : वन फँडानी नरोकिए आन्दोलनको चेतावनी
सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फँडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासन समेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस जिल्ला समिति सभापति रा...

इटहरी यातायात भ्रस्ट्रचार प्रकरण : फरार पाँच जना सात वर्षपछि पक्राउ

इटहरी यातायात भ्रस्ट्रचार प्रकरण : फरार पाँच जना सात वर्षपछि पक्राउ
इटहरी । यातायात व्यवस्था कार्यालय सुनसरी इटहरीको ६१ करोड रुपैयाँ बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँच जना पक्राउ परेका छन् । यस मुद्दामा विशेष अदालतले नौ जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार (हिजो) पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गर...

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
इटहरी । एक साताको अवधिमा जंगली हात्तीको आक्रमणबाट कोशी प्रदेशका तीन जिल्लामा तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा जंगली हात्तीको आक्रमणमा परेर तीन जनाको मृत्यु भएको हो।मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ- ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिए। साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी ...

झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी

झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी
झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, ...

इटहरीमा एकल महिलाकाे हत्या : छिमेकि सन्ताेष राइ पक्राउ

इटहरीमा  एकल महिलाकाे हत्या : छिमेकि सन्ताेष राइ पक्राउ
इटहरी । महिला हिंसा सम्बन्धी १६ दिने अभियान चलिरहेको बेला सुनसरीको इटहरी २ शान्तिनगरमा एकल महिलाको बीभत्स हत्या भएको छ । हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन् । घर पछाडिको गोठमा गोबर सोरिरहेकी एकल महिला ६८ वर्षीय मधुमाया पुरीलाई साेमबार दिउसो ३ बजे स्थानीय युवा सन्तोष राइले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीय पुरीको घटन...
trusted online casino malaysia