आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट ल्याउनु पर्छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की

आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट ल्याउनु पर्छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र बिग्रिएको अवस्थामा सरकारले जनमुखी बजेट ल्याएर बजारको माग लक्षित साना घरेलु उद्योगलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउने र व्यापार घाटा कम गर्नेगरी नीतिगत निर्णय गरेर जानू पर्ने अवस्था रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औँ साधारण सभालाई स...

सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो : ३ शेर्पा आरोहीको मृत्यु

सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो : ३ शेर्पा आरोहीको मृत्यु
सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्प...

कोशी प्रदेशमा बिहानै भूकम्पको झड्का

कोशी प्रदेशमा बिहानै भूकम्पको झड्का
इटहरी  । कोशी प्रदेशमा भूकम्पको झड्का महसुस गरिएको छ । भारतको बिहारमा भूकम्प जाँदा त्यसको झट्का कोशी प्रदेशका स्थानीयले महसुस गरेका हुन् । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार आज बिहान ५ः५० बजे भारतको बिहार राज्य केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको स्थानीयहरूले जानकारी दिएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार भूकम्पको अस...

चतरामा कुम्भमेलाको तयारीबारे बृहत छलफल

चतरामा कुम्भमेलाको तयारीबारे बृहत छलफल
इटहरी। सुनसरीको चतराधाममा आउँदो वर्ष लाग्ने कुम्भमेलाको तयारी सुरु भएको छ । २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने दोस्रो पूर्ण महाकुम्भ मेला तयारीको सन्दर्भमा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कुम्भ मेला आयोजना तयारीको विषयमा सोमवार कुम्भमेला स्थल चतराधाममा तयारीको विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको हो । चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्...

इलाममा २ दिने साहित्य महाेत्सव सम्पन्न

इलाममा २ दिने साहित्य महाेत्सव सम्पन्न
इलाम । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्...

डढेलो नियन्त्रणमा नआउँदा फुङ्लिङका आधा बस्ती जोखिममा

डढेलो नियन्त्रणमा नआउँदा फुङ्लिङका आधा बस्ती जोखिममा
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । चार दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, ‘डढेलो लागेको आज तीन दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरुले...

शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई
मोरङ ।शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त गरे । फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र ...

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
विराटनगर ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।ध्वनि प्रदूषण नियन्त्रण ग...

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव ...

झापामा लघुवित्तबाट पीडित महिलाहरु आन्दोलित

झापामा लघुवित्तबाट पीडित महिलाहरु आन्दोलित
झापा । लघुवित्तीय संस्थाहरूको ज्यादतीबिरुद्ध झापाका महिलाहरू पनि सङ्गठित भएर आन्दोलनमा उत्रिएका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति झापाले सरकारसमक्ष पाँच बुँदे माग अघि सार्दै फागुन २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वार अगाडि अनिश्चितकालीन धर्ना दिएका छन् । जिल्लाका विभिन्न स्थानबाट लघुवित्तीय संस्थाबाट पीडित बनेका महिलाहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धर्नामा...
trusted online casino malaysia