विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र बिग्रिएको अवस्थामा सरकारले जनमुखी बजेट ल्याएर बजारको माग लक्षित साना घरेलु उद्योगलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउने र व्यापार घाटा कम गर्नेगरी नीतिगत निर्णय गरेर जानू पर्ने अवस्था रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्कीले देशको आर्थिक अवस्था कमजोर बनेको र रेमिट्यान्सको भरमा देश चल्ने अवस्था आउनु राम्रो नभएको बताए ।

ञसरकारको नीतिका कारण नेपाली उद्योगी धरासायी भएर भाग्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘तरलताका नाममा १४–१५ प्रतिशत ब्याज तिर्न नसकेर उद्यमी व्यवसायी भाग्नु पर्ने अवस्था आएको छ ।उनले बैङ्कको ब्याजदर घटाएर व्यवसायी मैत्री वातावरण बनाउन संघीय सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिए । अहिले बैंकहरू र केही अन्तर्राष्ट्रिय व्यापारी मोटाउने नीति संघीय सरकारले लिइदिँदा स्थानीय व्यापारी भाग्ने अवस्था आएको बताए ।आयात बढेको छ, निर्यात बढ्न सकेको छैन, उनले भने, नेपालको उद्योग धन्दालाई कमजोर बनाउने खालको नीति संघीय सरकारले बनाएको कारण उद्योगी धराशायी बनाउने काम भएको छ ।उनले मोरङमा रहेका घरेलु तथा साना उद्योगको सङ्ख्या तथ्यांकका आधारमा उत्पादनको अवस्थामा बजारको खोजी गर्ने काममा प्रदेश सरकारले सहयोग गर्न सक्ने बताए ।









