यि हुन इलामका सामवेद चापागाइ : जसले एउटै बगानबाट बेचे १० लाखकाे सुन्तला

यि हुन इलामका सामवेद चापागाइ : जसले एउटै बगानबाट बेचे १० लाखकाे सुन्तला
इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तला खेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईले भने । सुन्तला लगाएको पहिलो वर्ष तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० ...

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हिमपात , तराइमा हुस्सु कायमै रहने

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हिमपात , तराइमा हुस्सु कायमै रहने
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका भू–भागमा बिहानीपख हुस्सु / कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्क...

ऐसेलुखर्कमा ठेकेदारको लापरबाहीले सात करोडको स्वास्थ्य चौकी भवन अलपत्र

ऐसेलुखर्कमा ठेकेदारको लापरबाहीले सात करोडको स्वास्थ्य चौकी भवन अलपत्र
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो । भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा...

माघ ६ देखि ‘इलाम गोल्डकप’, धमाधम बन्दै छ अस्थायी ‘प्यारापेट’

माघ ६ देखि ‘इलाम गोल्डकप’, धमाधम बन्दै छ अस्थायी ‘प्यारापेट’
इलाम । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ जस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेल मैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँड...

एक्सनमा कुलमान : धनकुटाकाे निगाले सिमेट सहित १४ उद्योगको लाइन काटियाे

एक्सनमा कुलमान : धनकुटाकाे निगाले सिमेट सहित १४ उद्योगको लाइन काटियाे
इटहरी । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका थप १४ उद्योगको बिजुली काटिदिएको छ । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच करोड बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकको लाइन काट्न शुरु गरिएको छ । प...

दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने

दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने
इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो । कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्प...

षडानन्द नगरपालिकाद्वारा पहिलो पटक वडास्तरमा योजना सम्झौता

षडानन्द नगरपालिकाद्वारा पहिलो पटक वडास्तरमा योजना सम्झौता
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलो पटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले जानकारी दिए । ...

पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि

पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि
ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनाको अबधिमा ६८ लाख बढि भेटी रकम संकलन भएको छ । गएको कार्तिक र मंसिर महिनामा मात्रै भक्तजनले चढाएको भेटी रकम ६८ लाख ११ हजार ११० रुपैँया रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले बिहिबार पत्रकार सम्मेलन मार्फत उक्त दुई महिनाको विवरण सहित बैंकमा मौज्दात रकमबारे जानकारी दिएको हो । उक्त दुई महिनाको समेत गरी ८ करोड ३५...

मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्रले धरानलाई महत्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर कार्यकक्षबाट हटाएका हुन् । उनले कार्यकक्षमा यलम्बरको तस्वीर राखेका छन् । पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले असन्तुष्टी पोख्दै आएका थिए...

सुन्तला खेती मासेर एभोकाडो लगाउँदै इलामका किसान , भन्छन एकै झ्याङमा ८० हजार रूपैयाकाे फल्छ

सुन्तला खेती मासेर एभोकाडो लगाउँदै इलामका किसान , भन्छन एकै झ्याङमा ८० हजार रूपैयाकाे फल्छ
इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । ‘तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्’, उनले भने । ...
trusted online casino malaysia