काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।
केन्द्रले धरानलाई महत्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर कार्यकक्षबाट हटाएका हुन् । उनले कार्यकक्षमा यलम्बरको तस्वीर राखेका छन् ।
पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले असन्तुष्टी पोख्दै आएका थिए । मेयर साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्वीर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए ।








