धनकुटामा भयाे कहालीलाग्दाे घटना : मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला
धनकुटा । धनकुटाको निगालेका टिकाराम गुरुङले मध्यराति ६ वर्षकी छोरी छिमेकीकोमा पुर्याए। राति पौने १ बजेतिर सोही घरको अर्को कोठामा डेरा बस्ने महिलाकोमा लगेर टिकारामले भनेका थिए, ‘बाहिर जानु पर्ने भयो, छोरी सुताइदिनुस्।’त्यसपछि उनले ६ वर्षकी छोरीलाई ती महिलाको कोठामा छाडिदिए। ती महिलाले उनकी छोरीलाई आफूसँग सुताइन्।
यसअघि पनि गुरुङ परिवार बाहिर हिँड्दा उनैकोमा लगेर छोरी राख्थे। ती महिलाले प्रहरीला...












