संरक्षणको पर्खाइमा ताप्लेजुङकाे वाग्मा पोखरी
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ ।
धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बरा...











