इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित राम जानकी वृद्धा आश्रममा मङ्गलवार बजरङ्ग दलले खाद्यान्न सामग्री वितरण गरेको छ । वृद्धा आश्रममा अाश्रीतहरूलाइ २० हजार मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरिएको बजरङ्ग दलका इटहरी संयोजक सञ्जाेक अधिकारीले बताए ।
आश्रममा खाद्यान्न सँगै न्यानो ब्लाङ्केट पनि वितरण गरिएको संयोजक अधिकारीले बताए । अाश्रीतहरूलाइ १६ बोरा चामल , १६ पाेका घ्यु,१६ वटा ब्लाङ्केट लगायतका सामग्रीहरू वितरण गरिएको दलका सह–संयोजक दिपेस ठाकुरले बताए ।

मुलुकमा आर्थिक तरलता सँगै आश्रमहरूमा सहयोगी हातहरू घट्दै गएको महसुस गरी दलको सहयोगार्थ सानो राहत सामग्री उपलब्ध गराइएको सहसंयाेजक ठाकुरले बताए । उक्त आश्रममा १६ जना ज्येस्ठ नागरिकहरू रहँदै आएका छन् ।








