इनरुवाको बजेट झण्डै ७४ करोड
इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा उपप्रमुख बिनिता कुमारी मेहताले वार्षिक बजेट सार्वजनिक गरेकी हुन ।
प्रस्तुत नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण ...












