इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले हेल्प डेस्क संचालनमा ल्याएको छ। पालिकाको वडा न.७ मा मंगलबारदेखि हेल्प डेक्स संचालनमा ल्याएको हो।

भोक्राहा नरसिंह गाउँपालिका नवनिर्वाचित गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले निर्वाचन भन्दा पहिला जनता सङ्ग गरेका बाचा, प्रतिबद्धता तथा घोषणपत्रमा उल्लेख गरेका बुदा मध्येको हेल्प डेस्क मंगलबार वडा नम्बर ७ बाट संचालन गरेको बताउनु भयो। हेल्प डेक्सबाट कम्प्युटर टाईपिंग, प्रिन्टिंग, स्कानिंग, ईमेल, ईन्टरनेट, निवेदन लेख्ने तथा विभिन्न फारामहरु भर्ने लगायतका सुविधाहरु सेवाग्राहीहरुलाई नि:शुल्क दिइनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia