यि हुन इलामका सामवेद चापागाइ : जसले एउटै बगानबाट बेचे १० लाखकाे सुन्तला
इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तला खेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईले भने ।
सुन्तला लगाएको पहिलो वर्ष तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० ...












