तीन करोड लगानीकाे गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको हो । योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न ...












