पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन , सडक कालोपत्रे आयोजना देखि भेटी व्यवस्थापन सम्म ब्यापक छलफल
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो।
जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयसहितका सरोकारवाला निकायको सहभागितामा पाथीभराको सर्वपक्षीय अनुगमन गरिएको हो। भक्तजनको दर्शन तथा भेटी रकमलाई थप...












