संखुवासभा । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकी स्थल पाथीभरा मन्दिर परिसरमा मसिर २५ गते बाला चतुदर्शी मेला लाग्ने तयारी थालिएकाे छ ।
पछिल्लाे समय आन्तरिक पर्यटक तथा भक्तजनहरूकाे घुइचाे लागे संगै मेलाकाे तयारी थालिएकाे सिद्धदेवी पाथीभरा संरक्षण संथाले जनाएकाे छ ।
मेलामा विभिन्न देवीदेवताको दर्शन गरि आफ्नो पितृको नाममा शतबीज छरी पुण्य प्राप्ति हुने विस्वास रहेको स्थानीय देवराज पुरीले बताए ।









