आजकाे माैसम : काेशी प्रदेशमा मध्यम वर्षा, चार प्रदेशमा हावाहुरी सहितकाे वर्षा
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहन...











