झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध सुपारी करिब २ हजार ८ सय ५० केजीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने १९ वर्षीय आकाश धिमाल रहेका छन्।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले को१च ८९६७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६१ वटा बोरामा रहेको उक्त परिमाणको सुपारी फेला पारी गाडीसहित चालक धिमाललाई पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यलाय ईटहरी सुनसरीमा पठाइएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia