आजकाे माैसम : काेशी प्रदेशमा दिनमा भन्दा राती वर्षा : तराईमा हावाहुरी चल्ने अनुमान
काठमाडाैं । दैनिक वर्षा हुने क्रम जारी छ। अहिले (मंगलबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। ‘काठमाडौं उपत्यकामा पनि कतै कतै हल्का वर्षा भइरहेको छ’, ...












