धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट वाहवाही पाएसंगै  “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” ले समेत कदर गरेको छ।मेयर हर्कराज राई ( हर्क  साम्पाङ्ग)ले  यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२  किलोमिटर पाइप तानेर  कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा  “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” ले उक्त कार्यको  मान्यता सहित  कदर गर्दै सम्मान गरेको छ।

शुक्रबार  धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा  “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” का नेपाल प्रमुख सागर कटुवाल,  नेपाल मानब धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी  ,गायक निर्णय श्रेष्ठ , सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए।”वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “को कदरपत्र पाएपछि प्रफ्फुलित हुदै मेयर हर्क साम्पाङ्गले आफुले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउंदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए।   “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” का नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र वहाँको प्रेरणादायी  श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia