अरुण तेस्रो जलविद्युत परियोजनाको काम तीन सातादेखि ठप्प
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको काम ठप्प छ । अरुण तेस्रो प्रवेश मार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् ।
स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले मा...












