कोशीका तीन मन्त्रीले दुई महिनापछि पाए जिम्मेवारी, अझै मुख्यमन्त्रीसँगै पाँच मन्त्रालय
इटहरी । कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् ।
कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन वन तथा वातावरण र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
संविधा...












