कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक
इटहरी। मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो ।
२०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरी का सुरू गर्ने जनाएकाे थियाे । तर सम्झाैता अनुसार कन्ट्रक्सनले काम सुरु नगरे...












