इटहरी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीकाे इटहरीमा शनीबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ । हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे ।
इटहरी उपमहानगरपालिकाकाे अायाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी , सामाजिक ब्याक्ति , शिक्षक , प्रहरी र कर्मचारीहरूकाे बाक्लाे उपस्थिती देखिएकाे थियाे ।
प्रभातफेरीमा उपमहानगरका प्रमुख हेमकर्ण पाैडेल , उपप्रमुख संगिता चाैधरी , इटहरी २० वटै वडाका वडाध्यक्ष , कर्मचारी लगायत अन्यकाे पनि उपस्थिती रहेकाे थियाे । लैङ्गिक हिंसा र दुर्ब्यवहार छैन हामीलाइ स्विकार , नारि सशक्तीकरण समानता र सहभागिता , लाेकतान्त्रीक नेपालकाे मुख्य अावश्यक्ता जस्ता नाराहरू लेखिएका प्लेकार्ड सहित निस्किएकाे र्यालीले उपमहानगरकाे प्राङगण हुदै इटहरी चाैक , हटिया लाइन , बिपि चाैक र मुख्य चाैकमा अाएकाे काेण सभामा परिणत भएकाे थियाे ।
काेणसभालाइ सम्बाेधन गर्दै मेयर हेमकर्ण पाैडेलले लैङ्गिक हिंसाबिरूद्धकाे कार्यक्रा १६ दिन मात्र नभै वर्ष भरीनै रहिरहने बताए । त्यस्तै उप प्रमुख संगिता चाैधरीले पनि जुनसुकै हिंसा बिरूद्धकाे अभियान उपमहानगरमा वर्षभरी सञ्चालन भइरहने बताइन ।








