कोशीका मुख्यमन्त्रीले कात्तिक १ गते विश्वासको मत लिने
मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन् । कात्तिक १ गते बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिइने कोशी प्रदेश सरकारका प्रवक्ता शम्शेर राईले जानकारी दिए । यहि असोज २० गते स्थगित भएको कोशी प्रदेशसभाको बैठक आगामी बुधबार (१ कात्ति...









